काठमाडौँ ।
नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल पुस १६ गते सकिने भएसँगै बैंकको सञ्चालक समितिले पाण्डेलाई सिनियर डेपुटी कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो । पाण्डेले माघ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।
राष्ट्रिय वाणिज्य बैंकबाट बैँकिङ् फिल्डमा छिरेका उनले २० वर्ष यसै क्षेत्रमा रहेर आफ्नो जिम्मेवारी निभाइ सकेका छन् ।
प्रतिक्रिया