Logo

मुख्य समाचार

नेप्से ३२ अंकले बढ्दै २६ सय बिन्दु पार गर्‍यो


GDP Nepal
   १९ पुस २०७८, सोमबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३२ अंकले बढ्दै २६ सय बिन्दु पार गरेको छ । सोमबार नेप्से परिसूचक ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा पुगेको छ।

सोमबार ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स ५।८६ अंक, फ्लोट इण्डेक्स २.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४९ अंकले बढेको छ।


सोमबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। यस दिन कम्पनीको शेयरमूल्य १६ रुपैयाँ १० पैसा बढेर १७७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया लघुवित्त र साल्ट ट्रेडिङ्गको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन रु रु जलविद्युत परियोजना, नेपाल बङ्गलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ४४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर, शिवम् सिमेन्ट्स, नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.०४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच कभने ०.०३ प्रतिशत घटेको छ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह