Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा १४ अर्ब संकलन


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


पछिल्लो एकसातामा वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ । यसैगरी बैंकहरुको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ ।

संघको तथ्यांक अनुसार पुस १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब पुगेको छ। बैंकहरुको निक्षेप संकलन पुस ९ गतेसम्म्मा ४२ खर्ब ३६ अर्ब थियो। गत साता बैंकहरुको स्वदेशी मुद्रा (लोकल करेन्सी) को निक्षेप २० अर्ब रुपैयाँले बढेको छ। तर, विदेशी मुद्रा (फरेन करेन्सी) को निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको संघको तथ्यांकले देखाएको छ।

यसैगरी, पुस १६ गतेसम्ममा बैंकहरुले ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा ३९ खर्ब ७४ अर्ब स्वदेशी मुद्रामा कर्जा दिएका छन् भने १ खर्ब २५ अर्ब विदेशी मुद्रामा कर्जा दिएका छन्।

निक्षेपमा सुधार आएसँगै १६ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०।५४ प्रतिशतमा झरेको छ । मंसिर मसान्तसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.२६ प्रतिशत पुगेको थियो ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह