Logo

सेयर बजार

दुई महिनापछि सात अर्ब बढीको सेयर कारोबार


GDP Nepal
   २५ पुस २०७८, आइतबार


काठमाडौं । आइतबार सेयर बजारमा ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबारको कारोबार रकम करिब दुई महिनायताकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसअघि मंसिर १ गते ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

आइतबार नेप्से परिसूचक पनि उत्साहननक रुपमा बढेको छ । परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको छ।

नेप्से उच्च दरमा बढेसँगै ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, युनियन हाइड्रोपावर र मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन न्यादी पावर, प्रोग्रेशिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडिसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन प्रभु बैंक र अपर तामाकोशीको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।

जलविद्युत र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित : २५ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह