सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १९.४३ अंकले बढेर २ हजार ७८४.९५ विन्दूमा पुगेको छ ।
आज ब्यापार ५७.११ , विकास बैंक ३७.५८, जलविद्युत ४०.७९, निर्जीवन बीमा १९०.६५, माइक्रोफाइनान्स १२.२५, जीवन बीमा २१८.२, फाइनान्स ७८.०९, लगानी ०.९४, अन्य ११३.४ र म्यूचअल फन्ड ०.२२अंकले बढेका छन् । त्यस्तै, आज उत्पादन ४७.७८, बैंकिङ १५.२८ र होटल तथा पर्यटन ३७.७१ अंकले घटेका छन् ।
आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, प्रभु सेलेक्ट फन्ड ३ अंकले घटेको छ ।
आज २३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ७ अर्ब १२ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया