Logo

मुख्य समाचार

देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ‘हटस्पट’ बन्दै काठमाडौँ


GDP नेपाल
   २७ पुस २०७८, मंगलबार


पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको नमुना परिक्षणमा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा थप एक संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६ सय सात पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय १३ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ कोरोनाको हटस्पट

काठमाडौं उपत्यकामा आज मात्रै थप १ हजार २८६ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका हुन् । यस्तै, हाल उपत्यकामा ५३१० सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ३५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १०९० सक्रिय संक्रमित छन्।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह