Logo

बैंक / बिमा /शेयर

आइएफआईसीले एनबी बैंकको सेयर चौधरीलाई तत्काल बिक्री गर्न नपाउने


GDP Nepal
   २८ पुस २०७८, बुधबार


काठमाडौं । बंगलादेशीआइएफआईसी बैंकले नेपालस्थित एनबी बैंकमा भएको सेयर चौधरी समूहलाई तत्काल बिक्री गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको आइएफआईसीको सेयर चौधरी समूहलाई बिक्री गर्ने निर्णय कार्यान्वयन तत्कालका लागि रोक लगाएको हो ।

अदालतले एमभी दुगड समूहका अध्यक्ष मोतिलाल दुगडको निवेदनउपर सुनुवार्य गर्दै विपक्षीबाट लिखित जवाफ नआएसम्म सेयर बिक्रीसम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । एनबी बैंकमा आइएफआईसी बैंकको ४१ प्रतिशत सेयर रहेकोमा उक्त सेयर आफूले खरिद गर्न सम्झौता भए पनि बैंकले चौधरी समूहलाई दिन खोजेको भन्दै दुगड समूह अदालत गएको थियो ।

चौधरी समूहले दुगड समूहको भन्दा बढी मूल्यमा सेयर खरिद गर्दैछ ।

बुधबारको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । आदेशमास सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।

‘नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरिद गर्न गत मार्च ३१ तारिखमा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट अप्रिल २ मा स्वीकृत गरी करार गरी अघि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिँदा सो बमोजिम सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउने’ आदेशमा भनिएको छ ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह