Logo

मुख्य समाचार

बतासको पक्षमा पोखरा उवासंघ: राज्यको ज्यादती र मन्त्रीको सनकविरुद्ध उत्रन आह्वान


GDP Nepal
   २८ पुस २०७८, बुधबार


काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतास र बतास ब्रदर्समाथि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल सच्याउन आग्रह गरेको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सस्तो लोकप्रियताका लागि निर्दोष व्यवसायीमाथि आक्रमण गरेर मुलुकमा कानुनी राजको खिल्ली उडाएको टिप्पणी गरेको छ ।

महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिइ माननीय मन्त्रीज्यूकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो भन्ने हाम्रो धारणा रहेको छ ।”

सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुने र सम्झौता तोड्दा अबलम्बन गर्नुपर्ने प्रावधानहरु पनि स्पट रुपले किटान गरिएकै हुने हुनाले ति प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि संघले विज्ञप्तिमा स्मरण गराएको छ ।

“सरकारले टेण्डर आह्वान नगरेको भए,सार्बजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आस्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गर्यो न त गौशाला बा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो,” विज्ञप्तिमा भनिएको छ, “राज्य स्वयंले टेण्डर आह्वान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप/प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याइ रहेको छ ।”

पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम मात्र गरेको छैन, आफैले गरेका निर्णयहरु लत्याउने एवं कानूनी राज्यको बिल्ली उडाउने काम भएको संघको ठहर छ ।

संघले यस्ता गतिविधिहरु तत्काल रोक्न, राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पुयाइएको नोक्सानीको क्षतिपूर्तिको लागि जोडदार माग गरेको छ ।

“बतास व्यक्ति हैन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायीमाथिकै प्रहार हो,” विज्ञप्तिमा भनिएको छ, “लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्रहत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन भन्नेमा पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।”

व्यवसायी बतासको होटल आनन्द पोखरा उद्योग वाणिज्य संघको सदस्य हो ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह