Logo

बैंक / बिमा /शेयर

हिमालयन र इन्भेष्टमेन्टको मर्जर भाँडियो, ८ महिना कारोबार रोकिँदा लगानीकर्ताले अर्बौं गुमाए


GDP Nepal
   ३० पुस २०७८, शुक्रबार


काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर अन्तिम समयमा आएर एकाएक भाँडिएको छ । शुक्रबार हिमालयन बैंकको साधारण सभाले मर्जरसम्बन्धी निर्णयलाई अनुमोदन नगरेपछि भाँडिएको हो ।

हिमालयन बैंकमा १४ प्रतिशत सेयर हिस्सा रहेको सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि एकाएक मर्जर प्रकृया भाँडिएको हो ।

सभाले इन्भेष्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर असफल भएको हो ।

दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयनले सभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । मर्जरको लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तिमा ७५५ सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले गत वैशाखमा मर्जरमा जाने सहमति गरेका थिए ।

दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुने सहमति भएको थियो । मर्ज प्रकृया भाँडिएसँगै अब दुवै बैंकले नयाँ पार्टनर खोज्नुपर्ने भएको छ । मर्ज प्रकृयामा सहमति भएसँगै दुवै बैंकको वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का छ ।

आठ महिनादेखि सेयर कारोबार रोकिँदा यी दुवै बैंकका लगानीकर्ताले अर्बौं गुमाएका छन् । दुई बैंक एक भएर सबैभन्दा ठूलो बन्ने भनिए पनि स्वार्थको शिकार भएको छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह