Logo

अर्थनीति

बतासको पक्षमा उद्योग संगठन, निजी क्षेत्रको मनोबल गिराउन सरकार नै लागेको टिप्पणी


GDP Nepal
   १ माघ २०७८, शनिबार


काठमाडौं । पूर्वी नेपालस्थित व्यवसायीहरुको पुरानो संस्था उद्योग संघठन मोरङले नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणमा निजी क्षेत्रलाई नियोजित रुपमा आक्रमण गरिएको टिप्पणी गरेको छ ।

उद्योग संगठन मोरङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रक्रियासम्मत रुपमा व्यवसाय अघि बढाउँदा पनि बतास अर्गनाइजेसनमाथि राज्यले एकपक्षीय ढंगबाट नियतबस हतोत्साहित पार्ने, फसाउने कार्य गरेको र मिडियामा अनर्गल प्रचार प्रसार भइरहेको भन्दै आपत्ती प्रकट गरेको छ ।

टेन्डर प्रकृयाबाट बतास अर्गनाइजेशन अन्तरगतको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट छनौट भएको तथा २०७७ पुष १७ गते बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालय बिच क्याफेटेरिया सञ्चालन सम्बन्धमा द्विपक्ष्ीाय सम्झौता भएको स्मरण गराइएको छ । विज्ञप्तिमा भनिएको छ, त्यसपश्चात बतास अर्गनाइजेशनले आफ्नो व्यवसाय अघि बढाएकोमा हाल आएर उद्योगीलाई एकपक्षिय ढंगबाट नियतबस हतोत्साहि पार्ने, फसाउने गरि अनर्गल प्रचार प्रसार भइरहेको प्रति उद्योग संगठन घोर आपत्ती प्रकट गर्दछ ।

बतास अर्गनाइजेशनप्रति भएको ज्यादतीपूर्ण ब्यवहारको सम्पूर्णरुपमा खण्डन गर्दै सत्य तथ्य छानबिन गरि निर्णय प्रक्रियामा संलग्न निकायहरुलाई कानुनको दायरामा ल्याउन संगठनले नेपाल सरकारसंग जोडदार माग गरेको छ ।

“यदि नारायणहिटी दरबार परिशरमा क्याफेटेरिया भाडामा सञ्चालन गर्ने तत्कालिक निर्णय गलत हो भने उक्त निर्णय फिर्ता लिने राज्य व्यवस्थाको आफ्नै बिधि बिधान हुदाहुदै एक उद्यमी माथी नियोजित ढंगबाट प्रहार हुनु समग्र निजी क्षेत्रको मनोबल गिराउने र नेपालमा उद्योगधन्दा गर्ने वातावरण छैन भन्ने गलत मान्यतालाई स्थापित गराउन चाहने तत्वलाई नै बल पुग्ने देखिन्छ,” विज्ञप्तिमा भनिएको छ, “बतास अर्गनाइजेशन प्रति भएको यो ज्यादतीपूर्ण ब्यवहारको सम्पूर्णरुपमा खण्डन गर्दै सत्य तथ्य छानबिन गरि निर्णय प्रक्रियामा संलग्न निकायहरुलाई कानुनको दायरामा ल्याउन नेपाल सरकारसंग जोडदार माग गर्दछौ ।”

प्रकाशित : १ माघ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह