Logo

सूचना/प्रविधि

खुल्यो ई–सेवा पसल, अर्डर गरेको २४ घण्टामै निशुल्क सामान डेलिभरी


appharu
   १७ भाद्र २०७५, आइतबार


काठमाडाैँ। एफवानसफ्ट इन्टरनेशनल ले इसेवा पसल सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रम गर्दै कम्पनीले भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डटकमका रुपमा रि–ब्राण्डिङ सञ्चालनमा ल्याएको जनाएको छ ।

कार्यक्रममा इसेवा पसल डटकमका प्रमुख कार्यकारी अधिकृत मनिस श्रेष्ठले अनलाइन सपिङका क्षेत्रमा इसेवा पसल एक महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे ।

“अबको भविष्य भनेकै अनलाइन सपिङको हो, हामी ग्राहकलाई सर्वशुलभ मूल्यमा उच्च्तम सेवाप्रदान गर्नेछौं” उनले भने । कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ ।

छुट योजना अनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवा मार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशतसम्म क्यासब्याक पाउन सकिनेछ ।

नबिल बैंकको भिसाकार्ड मार्फत अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अनडेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ ।

कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै दशैलाई मध्यनजर गरेर सामान किन्दा लक्कीड्र मार्फत आफ्ना ग्राहकलाई भिभिन्न किसिमका ग्राहक उपहार योजना ल्याउने जनाएको छ । इसेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने समेत जनाएकोछ।

इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ई बैंकिङ र कार्ड मार्फत भुक्तानी गर्न सकिनेछ । सन २००४ बाट सञ्चालनमा आएको एफवानसफ्ट ले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्री वितरण गर्दैै आएको छ ।

प्रकाशित : १७ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह