Logo

मुख्य समाचार

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : निगम


GDP नेपाल
   ४ माघ २०७८, मंगलबार


नेपाल आयल निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै संचित बचत शून्यको अवस्थामा पुगेकाले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार नेपाली बजारमा पेट्रोलिय पदार्थको मूल्य समायोजना नगर्दा निगमले निरन्तर घाटा ब्यहोर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा आगामी १५ दिनमा थप दुई अर्ब २४ करोड घाटा हुने र माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने बताएको छ ।

‘निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थित देखिएको छ ‘ विज्ञप्तिमा उल्लेख छ,’ आउँदा दिनमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाभन्दा बढी मासिक घाटा रहि रहने देखिएको हुँदा आगामी घ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिको छ । ‘ 

 

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह