Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकको वित्तीय विवरण सार्वजनिक, २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा


GDP नेपाल
   ७ माघ २०७८, शुक्रबार


चालु आर्थिक वर्षको ६ महिनामा सबै भन्दा बढी नाफा कमाउने वाणिज्य बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा कमाएको हो ।

बैंकले गत वर्षको पुस मसान्तसम्ममा २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको समीक्षा अवधिमा ४ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ४ अर्ब ७९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रूपैयाँ रहेको छ । बैंकको ईपीएस २२.३९ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो १४.५६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४.९७ रूपैयाँ छ ।

बैँकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड ६.१६, बेस रेट ७.९९, खराब कर्जा १.१३ र ब्याजदर स्प्रेड ३.५२ प्रतिशत रहेको छ ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह