काठमाडौं । नेपालमा बहुविवादित बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) पारित गर्ने अन्तिम समयसीमा तोकिएको छ ।
अमेरिकी पत्रअनुसार एमसीसी अब फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिइएको छ ।
एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले गत बिहीबार नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज १३ मा एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि चार÷पाँच महिनाको समय मागेका थिए ।
दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग सकारात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।
पत्रको पाँच महिनाको समय पूरा हुनै लाग्दा एमसीसी बोर्डले दुवै नेतालाई संयुक्त पत्र पठाएको हो ।
प्रतिक्रिया