काठमाडौं । नेपाल राष्ट्र बैंकमा गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरिएको छ । केन्द्रीय बैंकको माघ १३ गतेको निर्णयअनुसार आउँदो फागुन १ गतेदेखि यो विभाग सञ्चालनमा आउनेछ ।
गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि.को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्ने जनाइएको छ ।
राष्ट्र बैंक संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले हालै यससम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
प्रतिक्रिया