Logo

Banner-news

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार


GDP नेपाल
   २४ माघ २०७८, सोमबार


साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज नेप्से १५.६९ अंकले घटेर २ हजार ८५१.८६ विन्दूमा झरेको छ । आज व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत ६.९१, फाइनान्स ८.९२, निर्जिवन बिमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बिमा १२४.९६, म्यूचुअफ फन्ड ०.०५ र लगानी २.९२ अंकले बढेका छन् । त्यस्तै, बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र माइक्रोफाइनान्स ४.३९ अंकले घटेका छन् ।

सोमबार सबै भन्दा धेरै नेपाल इन्फ्रा इस्टक्चर बैंकको सेयर मूल्य ८ अंकले बढेको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ४ अंकले घटेको छ ।

आज २२४ कम्पनीका ९५ लाख कित्ता सेयर ५ अर्ब २ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह