काठमाडौं । सरकारले राजस्व लक्ष्य तथा आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दावी गरेको छ । तर, राजस्व लक्ष्य पूरा हुने दावी गरेको सरकारले पुँजीगत खर्च भने घटाएको छ ।
चालू आवको बजेटमा खर्च ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ हुने उल्लेख गरिए पनि बिहीबार सार्वजनिक मध्यावधि समीक्षामा भने तीन खर्ब ४० अर्ब मात्र खर्च हुने अनुमान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गरे।
सरकारले बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ। चालु बर्षको बजेट संबैधानिक प्रावधान अनुसार जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले ल्याएका थिए। उनको भन्दा १५ अर्ब घटाएर शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएका थिए।
समीक्षामा अर्थमन्त्री जनार्दन शर्माले सात प्रतिशतको आर्थिक वद्धि भने हासिल हुने दाबी गरे । शर्माले चालू वर्षको बजेटमा चालुूखर्च ६ खर्ब ७७ अर्ब, पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ, बित्तीय व्यवस्थापन एक खर्ब ८९ अर्ब ४४ करोड र प्रदेश तथा स्थानीय तहमा जाने खर्च ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ छुट्याएका थिए।
राजस्व १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड रुपैयाँ छुट्याएको छ। वदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋण २ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो।
चालु बर्ष सरकार १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो। यसलाई पनि घटाएर शर्माले १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेका छन्। कमजोर बिकास खर्चका कारण बजेट संशोधन गरिएको हो।
प्रतिक्रिया