Logo

मुख्य समाचार

सेयर बजारमा २८.९१ अंकको वृद्धि, कारोबार भने घट्यो


GDP नेपाल
   ८ पुस २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २८.९१ अंकले बढेर दुई हजार ६१२.२० विन्दुमा पुगेको छ ।


बैंकिङ ११, विकास बैंक ६१, फाइनान्स ५१, होटल तथा पर्यटन २८, हाइड्रोपावर ९०, उत्पादन १६७, निर्जीवन बीमा १४, अन्य १२, जीवन बीमा १९, माइक्रोफाइनान्स ३९ र ब्यापार उपसमूह २१ अंकले बढेको छ ।


आज सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युतको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मानुषी लघुवित्तको सेयर भने १० प्रतिशतले घटेको छ ।



यस दिन ३२८ कम्पनीको ८९ लाख कित्ता सेयर ४ अर्ब ४३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह