सान्जेन जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनी १ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद नोक्सानी १०.३१ अंकले बढेको हो । गत वर्ष पनि कम्पनी १ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
कम्पनीको कर्जा तथा सापटी रकम भने २० दशमलव ३८ प्रतिशत बढेको छ । गत वर्ष ४ अर्ब ५८ करोड ९३ लाख रहेको कर्जा सापटी रकम यस वर्ष ५ अर्ब ५२ करोड ४६ लाख पुगेको छ । कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ५० लाख छ । कम्पनीको जगेडा कोष रकम १८ करोड २८ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ रू ९४ दशमलव ४३ रहेको छ ।
प्रतिक्रिया