Logo

बैंक / बिमा /शेयर

दोस्रो त्रैमासमा २७.५३ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सकाे नाफा


GDP नेपाल
   २८ माघ २०७८, शुक्रबार


शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा भने कम्पनीको नाफा २७.५३ प्रतिशतले घटेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सिमेन्ट बिक्रीबाट ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ६० करोड १७ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह