सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा ४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २७.२८ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रिबाट हुने आम्दानी समेत घटेको छ । विद्युत विक्रिबाट गत वर्ष १३ करोड १४ लाख रुपैयाँ कमाएको कम्पनीले यस वर्ष १२ करोड २४ लाख रुपैयाँ मात्र आर्जन गरेको छ । सिनर्जीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने ५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५९ पैसा (वार्षिक) रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ भने १०६ रुपैयाँ ९७ पैसा रहेको छ ।
प्रतिक्रिया