Logo

बैंक / बिमा /शेयर

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै


GDP नेपाल
   १ फाल्गुन २०७८, आइतबार


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

कम्पनीले आज साझ ५ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निस्कासन गरेको थियो । आईपीओमध्य कम्पनीले शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

कम्पनीको आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले ३ अर्ब २५ करोड २० लाख ५८ हजार बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह