हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बिजय बहादुर शाह नियुक्त भएका छन् ।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शाहलाई सिइओमा नियुक्त गरेको हो ।
एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए ।
प्रतिक्रिया