धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकको जिम्मा सनराइज क्यापिटल लिमिटेडलाई दिएको छ ।
धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आइरहेको छ । यसले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरी ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ । हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु। १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु।१० करोड ३८ लाख रहेको छ ।
प्रतिक्रिया