बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्री खुलन भएको छ ।
आजबाट संस्थाको ६ लाख ६ हजार एक सय ४० कित्ता सेयर बिक्रीमा आएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रूपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले चैत्र ९ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।
प्रतिक्रिया