Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा


GDP नेपाल
   ६ फाल्गुन २०७८, शुक्रबार


नेशनल लाइफ इन्स्योरेन्सले ३३औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन २९ गते कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजे बस्ने भएको छ ।

सभामा हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । यस्तै, सभाले सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा अध्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले फागुन २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह