Logo

बैंक / बिमा /शेयर

ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   ६ फाल्गुन २०७८, शुक्रबार


ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन २८ गते संस्थाको केन्द्रिय कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह