Logo

बैंक / बिमा /शेयर

धितोपत्र बोर्ड अध्यक्षलाई स्वतन्त्र रुपमा काम गर्न अर्थमन्त्रीको निर्देशन !


GDP Nepal
   ७ फाल्गुन २०७८, शनिबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् ।

‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’

मन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्नुहुँदै निरन्तर सहयोग गर्न आग्रह समेत गरे ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राविधिकरणमा ९ वर्ष कार्य गरेका थिए । त्यस्तै उनले विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको अनुभव लिएका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह