Logo

मुख्य समाचार

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचको टेलिफोन वार्तामा के कुरा भयो ?


GDP Nepal
   १८ फाल्गुन २०७८, बुधबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् ।

टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको पुष्टि समेत गरेका छन् ।

‘रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ’, कुराकानीपछि विदेशमन्त्री एन्टोनीले ट्वीटरमा लेखेका छन् ।

त्यसो त प्रतिनिधिसभाले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरे लगत्तै भएको कुराकानीलाई महत्वका साथ हेरिएको छ।

टेलिफोनमा आर्थिक विकास र क्षेत्रीय चुनौतीको विषयमा समेत छलफल भएको जनाइएको छ। एन्टोनीले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्ने ट्वीटरमा उल्लेख गरेका छन् ।

ट्वीटमा थप भनिएको छ, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्नेछौँ।’

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह