Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल


GDP नेपाल
   ४ चैत्र २०७८, शुक्रबार


बैंक अफ काठमान्डूले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यसआधारमा १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र आउनेछ । बैंकले बीओके डिबेन्चर २०८६ (क) नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ भने १०.५० प्रतिशत ब्याजदर पाइनेछ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धीमा सम्झौतामा बैंक अफ काठमान्डूका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआइबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले चैत २ गते हस्ताक्षर गरेका छन् । यस बैंकले ९९ शाखा, ८७ एटीएम र १० वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह