Logo

बैंक / बिमा /शेयर

युनाइटेड अजोड इन्स्योरेन्सको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी नाममा रहेको २० लाख ७३ हजार ४४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र युनाइटेड अजोड यन्स्योरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौं तथा नेपाल पुनर्बीमा कम्पनी थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता सेयरको न्यूनतम भाउ २८१ रुपैयाँ तोकेको छ ।

संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह