Logo

बैंक / बिमा /शेयर

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न


GDP नेपाल
   २१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न भएको छ ।

चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न सो भेलामा ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरु उपस्थित थिए ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको बताए ।

यस्तै, उनले लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरे । श्रेष्ठले आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीतको अपेक्षा सहित ब्यक्तित्व विकास तथा ब्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.ले स्वागत मन्तब्य सहित स्वागत गरेको थिए ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह