Logo

बैंक / बिमा /शेयर

नबिल बैंक र मोबाइल वितरक संघबीच सम्झौता


GDP नेपाल
   ४ चैत्र २०७८, शुक्रबार


नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।

सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालू पुँजीमा लगानी गर्न च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ । आफ्नो व्यवसायको आवश्यकताबमोजिम मोबाइल वितरकले बैंकको विभिन्न बैंकिङ सेवा–सुविधा प्राप्त गर्नेछन् ।

सम्झौतामा बैंकका साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत र संघ अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरे ।

कार्यक्रममा बैंकका कर्जा प्रमुख बस्नेतले बैंकले साना तथा मझौला स्तरका व्यवसायीको दिगो विकासका लागि समय–सान्दर्भिक कर्जा दिँदै आएको बताए ।

साझेदारीअन्तर्गत संघमा आबद्ध नेपालभरका मोबाइल वितरक व्यवसायीको वित्तीय आवश्यकता सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको बैंकले बताएको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह