Logo

बैंक / बिमा /शेयर

प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा


GDP नेपाल
   ४ चैत्र २०७८, शुक्रबार


प्रभु इन्सुरेन्सले साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत ३० गते प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको बैठकबाट प्रस्तावित ११.५८ प्रतिशत लाभांश पारित गर्ने छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभा आयोजनाका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत १६ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह