Logo

मुख्य समाचार

बाँकी जीवनमा पनि भीमसेन मन्दिर पुनर्निर्माणजस्तै सत्कर्म गर्न पाइयोस्: कृष्णलाल महर्जन


GDP Nepal
   १३ चैत्र २०७८, आइतबार



आजको दिन हामी सबैका लागि ऐतिहासिक दिन हो । २०७२ सालको विनाशकारी महाभूकम्पले क्षति पु¥याएको हाम्रो ऐतिहासिक धरोहर, व्यापारी वर्गको आराध्य देवता श्री भीमसेन मन्दिरको पुनर्निर्माणको कार्य सम्पन्न भएको छ ।

“हाम्रो सम्पदा हामी आफैं बनाऔं” भन्ने हाम्रो अभियानले मूर्त रुप लिएको छ । यस ऐतिहासिक दिनमा म यस महाअभियानमा साथ दिने स्थानीय टोल सुधार समिति, बिभिन्न जातीय समाजहरु, ललितपुर महानगरपालिका, बागमती प्रदेश सरकार एवं संघीय सरकार लगायत सबैमा कृतज्ञता ज्ञापन गर्दछु ।

२०७२ सालको भूकम्पले पाटन दरवार स्क्वायर क्षेत्रमा रहेका चारनारायण मन्दिर, हरिशंकर मन्दिर तथा मणिमण्डप पाटी पूर्ण रुपमा भत्कियो भने मल्लकालिन दरबार, बिश्वनाथ मन्दिर लगायत भीमसेन मन्दिर, आदिमा ठूलो क्षति पु¥यायो ।

भूकम्प लगत्तै युनेस्कोबाट आउनु भएका इटालियन विशेषज्ञ समेतको प्रतिवेदन अनुसार पाटन दरबार क्षेत्रको उत्तरमा अवस्थित मल्लकालिन भिमसेन मन्दिर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकोले तुरुन्तै पूर्ण रुपमा भत्काई पुनर्निर्माण गर्नु पर्ने सुझाव दिएका थिए ।

भूकम्पले भत्केका, क्षति पु¥याएका सम्पदाहरु मध्ये भारत सरकारको सहयोगमा जिर्णोद्धार हुने वा पुनर्निर्माण हुने भनिएका बिभिन्न सम्पदाहरु मध्ये यस भिमसेनको मन्दिर पनि परेको भएतापनि सबै प्रकृया पु¥याउँदा पनि त्यो बेला तत्कालिन समयमा १५ महिना यता पुनर्निर्माणको थालनी हुन सक्ने अवस्था नरहेको भन्ने जानकारी पाएको र बिभिन्न संघसंस्थाको पहलमा पाटन दरबार स्क्वाय्र क्षेत्रका २ अन्य मन्दिरहरूको पुनर्निर्माणा कार्य सम्पन्न भैसकेको अवस्थामा पनि मल्लकालिन यस भीमसेनको मन्दिरकोपुनर्निर्माण कार्य भने शुरु हुन सकेन ।

भूकम्पले क्षति पु¥याएको चार वर्षसम्म पनि टेको लगाएर राखिएको यस मन्दिरमा भूकम्पको बेला देखिएको चिरा दिन प्रति दिन बढ्दै गइ कुनै पनि बेला सानो पराकम्पनले पनि मन्दिर भत्किइ ठूलो धन जनको क्षति हुनसक्ने खतरा समेत बढ्दै गएको स्थितिलाई संबेदनशीलताका साथ लिई हामीले आपैm यस मन्दिरको जिर्णोद्धार स्थानीय तवरबाटै गर्ने अठोटका साथ पाइला सार्यौं ।

यस क्रममा मित्र राष्ट्र भारत संगको कुटनैतिक सम्बन्धमा कुनैपनि आँच नआउनेगरी भारतीय राजदूतावासलाई विश्वासमा लिनु अपरिहार्य थियो । यस कार्यमा भारतीय दुतावास संग आवश्यक समन्वय गरी मन्दिरलाई स्थानीय बासीहरुकै पहलमा आर्थिक ब्यबस्था समेत गरी पुनर्निर्माण गर्ने वातावरण सिर्जना गर्न प्रमुख भूमिका निर्वाह गर्नुहुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन प्रति हामी आभारी छौं ।

पुनर्निर्माणका लागी दातृ निकायलाई पर्खिरहेको अवस्थामा यस भीमसेनको मन्दिर पुनर्निर्माणको अगुवाई गर्न पाउँदा मैले प्रतिनिधित्व गरेको संस्था ललितपुर उद्योग वाणिज्य संघ गौरवान्वित भएको छ । उद्योग ब्यापारमा संलग्न ललितपुरका निजी क्षेत्र कुनै आर्थिक नाफा घाटा नहेरी समाज प्रति आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत त्यतिकै सचेत, सजग र संबेदनशील छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्न यस मन्दिर पुनर्निर्माण गर्ने कार्यको सफल कार्यान्वयनबाट हामी सक्षम भएका छौं भन्दा अत्युक्ती नहोला ।

ललितपुर जिल्लाको समग्र निजी क्षेत्रका प्रतिनिधित्व गर्नेललितपुर उद्योग वाणिज्य संघ ललितपुर स्थित सम्पूर्ण निजि क्षेत्र लगायत विभिन्न वस्तुगत संघहरुको छाता संगठनको रुपमा स्थापित संस्था हो । यस संघले समग्र जिल्लाको आर्थिक एवं सामाजिक विकासका साथै आप्mनो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा जिल्लाको पर्यटन प्रवद्र्धन, कला तथा सस्कृतिको सम्बर्धन एवं सम्पदाहरुको संरक्षणमा समेत विशेष भूमिका निर्वाह गर्दै आएको छ ।

पुनर्निर्माणपछिको श्री भीमसेन मन्दिर

भिमसेनको क्षतिग्रस्त मन्दिर ललितपुर उद्योग वाणिज्य संघको कार्यालय बाहिरै रहेको हुँदा हामी यस मन्दिरको दुर्दशाको प्रत्यक्षदर्शी थियौं । संघकोअध्यक्षका रुपमा म निर्वाचित भएर आएपछि यस भीमसेन मन्दिरलाई पुनर्निर्माण गर्ने अठोट ग¥यौं । मेरोयस पहलकदमीमा संघको कार्यसमितिको मलाई पूर्ण हौसला तथा साथ रह्यो । यसका लागि ललितपुर उद्योग बाणिज्य संघका मेरा सम्पूर्ण साथीहरुमा पनि हार्दिक कृतज्ञता जाहेर गर्दछु ।

पुनर्निर्माणमा लाग्ने सम्पूर्ण खर्च स्थानीय तवरबाटै हामी आपैm जोहो गरी पुनर्निर्माणको कार्य गर्छौं भन्दा पनि स्वीकृती पाउनाको लागी सरकारी नीति नियम तथा जटील प्रकृयाका कारण यो कार्य सहज भने थिएन । तथापी महानगरपालिकाले कार्यान्वयनको जिम्मा लिएपश्चात महानगरपालिका मार्फत पुनर्निर्माणको अनुमति पाउन हामी सफल भयौं ।

स्थानीयबासीहरुको चासो तथा सरोकारलाई पनि सम्बोधन गरी ललितपुर उद्योग बाणिज्य संघको अगुवाइमा ललितपुर महानगरपालिका, मंगल टोल सुधार संघ लगायत पाटनका सम्पूर्ण जातीय समाज, संघ संस्थाहरु, विभिन्न व्यवसायिक संघहरु समेतको सहभागिता रहने गरि श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरि पुनर्निर्माणको थालनी गरिएको थियो ।

मन्दिरको पुनर्निर्माण कार्यमा निशुल्क प्राबिधिक सहयोग पु¥याउने काठमाण्डौ भ्याली प्रिजर्भेशन ट्रष्टको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार मन्दिरलाई पूर्णरुपमा भत्काइ बनाउनु नपर्ने अवस्था हुन सक्ने अनुमान गरिएतापनि निर्माणको क्रममा मन्दिरको जगलाई समेत प्रबलिकरण गर्नुपर्ने अवस्था देखिएको हुँदा सो बमोजिम पूरानो जगलाई प्रबलिकरण गर्ने कार्य गरियो भने मन्दिरको छिंडी तल्लामा रहेका साबिकका काठका ठामहरु समेत माटोले पुरिएर मक्किएको अवस्थामा रहेको र गारोहरु समेत कमजोर भइसकेको भेटीएको हुँदा भुइँतलासम्मै भत्काइ बनाउनु पर्ने अवस्था रह्यो ।

मन्दिर पुनर्निर्माण सम्पन्नतासँगै आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गदैै सरोकार समिति अध्यक्ष कृष्णलाल महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायत ।

पुनर्निर्माणको क्रममा काठका ठामहरुमा इटा माटोको संसर्गमा आउने भागहरुमा चिसो वा सर्दिले गर्दा क्षति नपुगोस भन्ने हेतुले तामाको पाताले मोडने काम समेत भएको छ । साथैमन्दिर पुनर्निर्माणको क्रममा मन्दिरमा साबिकमा प्रयोग भएका बस्तुहरु मर्मत गरेरै भएपनि प्रयोग गर्न सकिने अवस्था सम्म यस्ता सामानहरुको पुनर्प्रयोग गरि मन्दिरको मौलिकता जोगाइ राख्नमा हामी सजग रह्यौं ।

मन्दिरको मौलिक स्वरुपको जगेर्ना गरी पुरानै स्वरुपमा पुनर्निर्माण कार्य गर्न सक्नुमा काष्ठ तथा प्रस्तर कलामा निपुण दक्ष शिल्पीहरुको पनि त्यतिकै भूमिका रहेको छ । सिमित संख्यामै भएपनि हामीसंग अझैपनि यस्ता शिल्पिहरु उपलब्ध छन् । नेपालको, बिशेष गरी काठमाण्डौ उपत्यकाको अतुलनीय शिल्पकलालाई जगेर्ना गर्ने हो भने यस्ता शिल्पकलाको पुस्तान्तरणमा राज्य तथा स्थानीय सरकारबाट बिशेष पहल हुनु पर्ने हामीले मन्दिरको पुनर्निमानको दौरानमा महसुश गरेका छौं ।

मन्दिरमा रहेको पित्तलको छानामा सुनलेपन बाहेक लगभग रु. ४ करोड ९३ लाखकोअनुमानित लागतमा पुनर्निर्माण कार्य शुरु गरिएको यस मन्दिरका लागि हाल सम्म जिन्सी सामान बाहेक रु. ५,६५,७५,१८५।– आर्थिक संकलन भएकोमा रु. ४,३९,३२,३९५।– खर्च भएकोछ ।

श्री भिमसेन मन्दिरको पुनर्निर्माणमा लाग्ने सम्पूर्ण खर्चको जोहोगर्न विभिन्न संघसंस्थाबाट प्राप्त चन्दाका साथैस्थानीय व्यापारिक वर्गको सहयोग तथा उद्योग वाणिज्य संघको अगुवाईमा आर्थिक संकलन गरिएको थियो । यसरी मन्दिर पुनर्निर्माणमा आवश्यक हुने ठूलो धनराशी संकलन, पुनर्निर्माण कार्यको कुशल ब्यबस्थापन तथा यसका लागी बिभिन्न ब्यक्ती, संस्था तथा समुहहरु संगको संयोजन गर्ने कार्यमा हामीले पाएको सफलताको श्रेय म श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको अध्यक्षको हैसियतले ललितपुर उद्योग वाणिज्य संघ, मंगल टोल सुधार संघ, ललितपुरका बिभिन्न जातीय समाजहरु, बिभिन्न वस्तुगत संघहरु तथा ललितपुर महानगरपालिका, बागमती प्रदेश सरकार र यस क्षेत्रका सांसदज्यूहरु लगायत सबैलाई दिन चाहन्छु ।

मुख्यतया, मन्दिर पुनर्निर्माणका लागि सुरुमै १ करोड रुपैयाँ सहयोग प्रदान गरेर हामीलाई अघि बढ्न प्रेरित गर्नु भएका एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठ सहित सबै दाताहरुलाई ह्दय देखी धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

भीमसेन मन्दिर पुनर्निर्माणको अगुवाई ललितपुर उद्योग वाणिज्य संघले ग¥यो भन्ने सन्देश जाँदा देशभरको निजी क्षेत्रको शीर उच्च भएको छ । एकातिर यस कार्यलेनिजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ भने अर्कोतिर नेपालको सम्पदा संरक्षण नेपाली आफैंले गर्नुपर्छ भन्ने भावना जागृत हुनेछ भन्ने हामीले आशा तथा बिश्वास लिएका छौं ।

सम्पदा पुनर्निमाण भनेको एकदमै संवेदनशील विषय पनि हो । हामीले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टको मापदण्डका आधारमा पुनर्निर्माण गरेका हौं । हामीले यस पुनर्निर्माणलाई पारदर्शी, विश्वसनीय र चुस्त व्यवस्थापन सहित अघि बढायौं । पारदर्शिताबिना विश्वसनीयता सम्भव थिएन ।

ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहेको र यस सम्बन्धी काममा अग्रसरता लिएको हिसाबले श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको अध्यक्षता गर्न मलाई नै उपयुक्त हुने साथीहरूले सुझाव दिनुभयो । जस अनुसार मेरै नेतृत्वमा बनेको९ सदस्यीय कार्यसमितिबाट यो पुनर्निर्माण कार्यको व्यवस्थापन र समन्वय सम्भव बन्यो भन्ने सुनाउन पाउँदा गर्व महशुस हुन्छ ।

काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टका डा. रोहित रञ्जितकार, जो हाम्रै समितिमा पनि हुनुहुन्छ । उहाँलाई आजको दिनमा म विशेष धन्यवाद दिन चाहन्छु । समितिका उपाध्यक्ष किरणमान प्रधान, सदस्य सचिव मनोज बहादुर न्याछ्यों, कोषाध्यक्ष हरि नर्सिह अमात्य तथा सदस्यहरू डा. रोहित रञ्जितकार, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्र बहादुर राजभण्डारी, प्रतिमा पाँडे र मोतिशान्ति शाक्य सबैको सहयोग बिना यो कार्य सम्भव थिएन ।

ललितपुर उद्योग वाणिज्य संघकोपूर्व अध्यक्षज्यूहरु, पुर्व एवं वर्तमान कार्यसमिति सबैलाई आजको यस दिनमा म सम्झन चाहन्छु । हामीलाई भीमसेन मन्दिर पुनर्निर्माणका निमित्त २०७५ माघ ७ गते कार्यादेश प्राप्त भएकोमा हामीले कोभिड महामारीका बाबजुद पनि ढिलो नगरी आफ्नो जिम्मेवारी पूरा गरेका छौं ।

ललितपुर उद्योग वाणिज्य संघबाट १० लाख रुपैयाँ बीऊ पुँजी राखेर सुरु गरेको चन्दा संकलन अभियानमा बि.के. श्रेष्ठसहित नेपाल इन्भेष्टमेन्ट बैंकबाट पनि १ करोड रुपैयाँ प्राप्त भएको छ । ललितपुर महानगरपालिकाले पनि एकैपटक १ करोड रुपैयाँ प्रदान गरेर हामीलाई निश्चिन्त बनायो ।

सांसद विकास कोषबाट माननीय पम्फा भुसाल र माननीय कृष्णलाल महर्जनको पनि योगदान रह्यो । यस्तै, बागमती प्रदेश सरकारले पनि सहयोग ग¥यो । मन्दिर पुनर्निर्माण पुरानो इँटाको पुनप्रयोग गरि नपुग दाची इँट्टा एवं मा इँट्टा सबै स्थानिय व्यापारी तीर्थ महर्जन र हिराकाजी महर्जन परिवारबाट सहयोग प्राप्त भएको थियो ।

त्यस्तै ललितपुर उधोग वाणिज्य संघका पूर्व संयोजक कल्याणकृष्ण ताम्राकार एवं उनको परिवारको तर्फबाट छानामा तथा मन्दिरको गर्भगृहमा गरिने सम्पूर्ण तामाको मर्मत खर्च नया तामा पाता खरिद बाहेक सबै खर्च सहयोग प्राप्त भएको थियो। मन्दिर पुनर्निर्माण दुई वर्षमा सकाउने योजना भएकोमा कोभिड १९ संक्रमणका कारण भएको लकडाउनका कारण कोभिड सुरु भएको पहिलो तीन महिना काम बन्द गर्नु परेपनि आवश्यक स्वस्थ्य मापदण्ड अपनाई निर्माण कार्यलाई सुचारु राख्न सक्यौं ।

स्थानीय जनताको अपनत्व होस्भन्ने उद्देश्यले छानामा झिँगटी लगाउने दिनमा श्रमदानको कार्यक्रम राख्यौं । चन्दा संकलनको क्रममा मन्दिरमा राखिएको दान पात्रमा कतिपय वृद्धवृद्धाले वृद्धभत्ताको रकम खाम सहित हाम्रो चन्दा बाकसमा राखेको भेट्टाउँदा हामीलाई भाव बिह्वल बनाएको घटना समितिका सबै सदस्यको मानसपटलमा सदैव रहिरहने छ ।

श्री भिमसेन महाराजको कृपाले वहाँहरुको जीवन सुखमय बनाोस् भन्ने कामना सहित हामीलाई उहाँजस्तै ज्येष्ठ नागरिकहरुको आशीर्वाद लागोस्, बाँकी जीवनमा पनि भिमसेन मन्दिर पुनर्निर्माणजस्तै सत्कर्म गर्न पाइयोस् भन्ने प्रार्थना गर्दछु ।

मैले सानोदेखि सुनेको उखान यहाँनेर स्मरण गर्न चाहन्छु कि, भगवानले भन्नुहुन्छ रे, “तँ चिताः म पु¥याउँछु” । अहिले फर्केर हेर्दा मलाई त्यस्तै लागिरहेको छ । सम्पूर्ण ब्यापारी बर्गले सरोकार राख्ने यत्रो मन्दिर पुनर्निर्माणका लागि झन्डै ५ करोड जम्मा गरेर अघि बढ्नु मेरो साहस थियो कि दुस्साहस मैले स्वमूल्यांकन गर्न सक्दिनँ । यसमा मैले ठूलो जोखिम बोकेको थिएँ कि मन्दिर भत्काएर पैसाको अभावमा पूरा हुन सकेन भने के गर्ने ?

मन्दिर पुनर्निर्माणको कार्य पूरा गर्न नसकी अलपत्र छोड्नु परेको भए म लगायत सम्पूर्ण कार्यसमितिका सदस्यहरु एवं मेरो व्यक्तिगत मात्र नभै ललितपुर उद्योग वाणिज्य संघ र सम्पूर्ण निजी क्षेत्रको शाख शून्यमा झथ्र्यो ।

हामी माथिको भरोसा टुट्थ्यो र हामी समाजमा मुख देखाउन लायक पनि हुने थिएनौं । तर, सकारात्मक सोचले बिना स्वार्थ अघि बढ्दा त्यो दिन आएन र हामी सबैले गर्वले छाती फुलाएर अघि बढ्नसक्ने भएका छौं । अहिले भिमसेन मन्दिरको पुनर्निर्माणले निजी क्षेत्रको साख बढेको छ ।

हाम्रा पुर्खाले बनाएको सम्पत्ति देखाएर पर्यटक ल्याउने तर त्यही स्मारक बनाउन विदेशी गुहार्नु पर्ने अवस्था नरहोस्भन्ने उदाहरण प्रस्तुत गर्न सकियोस् भनेर नै यसो गरिएको हो भनेर भन्न मलाई अब कुनै संकोच रहेन । सरकारको बजेट वा विदेशी दाता नभै स्वस्फूर्त रुपमा स्थानीयवासी जुटेर हामीले जसरी सम्पदा पुनर्निर्माण ग¥यौं, त्यसले मुलुकभर सम्पदा पुनर्निर्माणमा एउटा नयाँ अध्याय् थपिएको छ जस्तो मलाई लाग्दछ ।

मलाई गर्व छ ति महान दाताहरू प्रति जसलेभिमसेन मन्दिर पुनर्निर्माणको हाम्रो महा अभियानलाई विश्वास गरेर साथ दिनुभयो । यसरी सबैको सहयोगका कारण आज भीमसेन मन्दिर पुनर्निर्माण अभियान सफलतापूर्वक सम्पन्न भएको छ । यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामीसँग जोडिनुभएका सबैमा म नमन गर्दछु। मन्दिर पुनर्निर्माण सम्पन्न गर्न सहयोग गर्नु हुने काठमाण्डौ भ्याली प्रिजरभेशन ट्रष्ट, ललितपुर महानगरपालिका, पुरातत्व विभाग, मंगलटोल सुधार संघ, मन्दिरका पुजारीहरु, पाटन दरवार हेरचाह कार्यालय, ज्यापु समाज, ताम्राकार समाज, बौद्ध विहार संघ लगायत विभिन्न जातिय समाज, संघ संस्था तथा सम्पुर्ण कालिगढ एवं कामदारहरुलाई श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति एवं ललितपुर उद्योग वाण्ज्यि संघको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

यसै क्रममा निजी स्तरबाट यो काम सम्पन्न गर्न आईपरेका तगारोहरु हटाई अगाडी बढ्न मार्ग प्रसस्त गर्न सहयोग पु¥याउनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्री सुशिल ज्ञवालीज्यू लगायत प्राधिकरणका सम्बन्धित कर्मचारीहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु । यो अभियानलाई प्रचार प्रसार गरि जनता सामु पु¥याउन निर्वाह गरेको अहम भूमिकाका लागी बिभिन्न माध्यमका सम्पूर्ण मिडियाकर्मी साथीहरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछु । अन्तमा, श्री भीमसेन महाराजले हामी सबैको कल्याण गरुन् । धन्यवाद ।

श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष एवं ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा गर्नुभएको सम्बोधन ।

प्रकाशित : १३ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह