Logo

अर्थनीति

दसैं लाग्यो ! आजबाट बसको टिकट बुकिङ, भाडा बढ्दा भने खल्लो


appharu
   ९ आश्विन २०७५, मंगलबार


काठमाडौं । यस वर्षको दसैंका लागि घर फर्किनेहरुका लागि आजबाट बुकिङ खुल्ने भएको छ । तर, दसैंकै मुखमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडीभाडा पनि बढेको छ । यसले भने आम नेपालीको दसैं नै खल्लो हुने भएको छ ।

सरकारले पछिल्लो १ सातामा डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले र सार्वजनिक सवारी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । मूल्य बढेपछि फिर्ताको माग राख्दै बुकिङ खोल्न इन्कार गरेका व्यवसायीलाई सरकारले गाडी भाडा नै बढाइ दिएपछि खुसीका साथ बुकिङ खोलेका छन् ।

यसअघि असोज ५ मा बुकिङ खुलाउने सहमति भए पनि सरकारले मूल्य बढाएपछि कुरा नमिल्दा ४ दिनपछिमात्रै बुकिङ खुलेको हो । अब भने भाडा बढे पनि दसैंका लागि घर जानेले टिकट बुकिङ गर्न पाउने भएका छन् ।

काठमाडौंको नयाँ बसपार्कसहित विभिन्न ११ स्थानबाट टिकट बुकिङ खुलेको छ । यसअघि सोमबारै नेपाल यातायात व्यवसायी महासंघले मंगलबारदेखि टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

नयाँ बसपार्कबाट मध्यम तथा लामो दूरीका सवारीको टिकट बुकिङ खोलिएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा नागरिक समाजबीच ३१ भदौमा व्यवस्थापनको व्यवस्था संयुक्त रूपमा गर्ने सहमति भएको छ ।

सरकारले व्यवसायीका रोकिएका बैंक खाता खोल्ने सहमति यसअघि नै दिइसके पनि प्रक्रिया पूरा नहुँदा खुलिसकेको छैन । सिन्डिकेट खारेज गर्दै सरकारले यातायात संघ/समिति गएको साउन १ गतेदेखि नवीकरणमा रोक लगाएको थियो । नवीकरण नभएका यातायात समितिहरूको बैंक खाता सरकारले रोक लगाएको थियो ।

यातायात व्यवस्था विभागले विभिन्न स्थानमा १४ हेल्प डेक्स राख्ने जनाएको छ । जसबाट टिकट बुकिङमा हुनसक्ने अनियमितता, यात्रुको असहजता लगायतलाई सहज बनाइनेछ ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह