Logo

Banner-news

न्यारोबडी जहाजको पाङ्ग्रामा समस्या: वायुसेवा निगमद्वारा ७ सदस्यीय छानबिन टोली गठन


GDP नेपाल
   २४ चैत्र २०७८, बिहिबार


बैंकक घटनामा छानबिन गर्न नेपाल वायुसेवा निगमले समिति गठन गरेको छ ।

गत, शुक्रबार बैंककबाट काठमाडौं उड्ने क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको पाङ्ग्रामा समस्या देखिएको थियो । सोही घटनाको छानबिनका लागि बिहीबार विज्ञप्ति जारी गर्दै निगमले क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन टोली गठन गरेको जनाएको छ ।

‘निगमको आरए–४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी विमान शुक्रबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको ०४ वटै पाङ्ग्रा फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक पाङ्ग्राहरु कतार एयरवेजको विमानमार्फत शनिबारको उडानबाट पठाई आइतबार बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको थियो ।’

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह