Logo

अर्थनीति

अन्ततः गभर्नर महाप्रसाद अधिकारी निलम्बित, तिलक रावलको नजिर दोहोरिए के होला ?


GDP Nepal
   २५ चैत्र २०७८, शुक्रबार


काठमाडौं । सरकारले राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

गभर्नर अधिकारीसँग सरकार सन्तुष्ट थिएन । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नमिलेको भन्दै निजी क्षेत्रले समेत गभर्नरको आलोचना गर्दै आएका थिए ।

शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णय सम्बन्धी पत्र बुझिसकेका छन् ।

गिरिजा प्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले २०५६ सालमा गभर्नर डा. तिलक रावललाई हटाएर दिपेन्द्रपुरुष ढकाललाई नियुक्त गरेको थियो । तर, अदालतले रावललाई नै पुनर्वहाली गरेपछि अर्थमन्त्री महेश आचार्यले राजीनामा गरेका थिए ।

यसपटक पनि अदालतले उनीमाथिको छानबिन रोकेमा वा सरकारले पदमुक्त गरेपछि पुनर्वहाली गरेमा अर्थमन्त्री जनार्दन शर्मामाथि नैतिक संकट उत्पन्न हुनेछ ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह