Logo

Banner-news

सेयर बजारमा दोहोरो अंकको पहिरो, दुई अर्बको कारोबार


GDP नेपाल
   २८ चैत्र २०७८, सोमबार


सोमबार सेयर बजारमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसूचक ४४.६५ ले घटेर २४१९.७१ विन्दूमा पुगेको छ ।

आज ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेस्डो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।

नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार ८७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह