मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) ३४.७८ अंकले घटेर २ हजार ३८५.०२ विन्दुमा पुगेको छ।
आज बैंकिङ १२.९४, विकास बैंक ७१.५७, निर्जीवन बीमा २३५.१२, माइक्रोफाइनान्स ५१.३९, फाइनान्स ४५.०५, जीवन बीमा समूह २१४.२३, उत्पादन ९९.७, लगानी १.६२, जलविद्युत ५२.९२ अन्य ४३.६८, ब्यापार ४०.७८ र म्यूचुअल फन्ड ०.१९ अंकले घटेको छ ।
त्यस्तै, आज होटल तथा पर्यटन ३.१४ अंकले बढेको छ ।
आज दुई सय ३७ कम्पनीका ३७ लाख कित्ता सेयर १ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएका छन् ।
प्रतिक्रिया