साताको दोस्रो दिन सोमबार सेयर बजारमा ४१ अंकको पहिरो गएको छ । नेप्से ४१.७७ अंकले घटेर २ हजार ३८५.६४ विन्दुमा पुगेको छ।
आज बैंकिङ १६.५४, होटल तथा पर्यटन ४९.७१, विकास बैंक ६९.१, निर्जीवन बीमा ३४२.३७, माइक्रोफाइनान्स ३६.२२, फाइनान्स ६२.०१, जीवन बीमा समूह २६३.९६, उत्पादन ९३.४४, लगानी १.५७, जलविद्युत ८०.३, अन्य ५२.५१, ब्यापार ११.७९ र म्यूचुअल फन्ड ०.११ अंकले घटेको छ ।
आज दुई सय २९ कम्पनीका ३८ लाख कित्ता सेयर १ अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् ।
प्रतिक्रिया