Logo

बैंक / बिमा /शेयर

गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न


GDP नेपाल
   १२ बैशाख २०७९, सोमबार


गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ ।

साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

साधारणसभाबाट पाँच ९५० जना सञ्चालकहरु निर्वाचित समेत भएका छन् । जसमा दिपक पाण्डेय, रमा कान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ चयन भएका छन् । जसको अध्यक्षमा पाण्डेय निर्वाचित भएको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह