Logo

अर्थनीति

माथिल्लो तामाकोशीको योगदान आर्थिक वृद्धिमा: द्वितीय क्षेत्रको वृद्धिदर १०.२९ प्रतिशत


GDP Nepal
   १५ बैशाख २०७९, बिहिबार


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइ सञ्चालनमा आएसँगै यसले मुलुकको आर्थिक वृद्धिमा समेत उल्लेख्य टेवा दिन थालेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार उद्योग, विद्युत् तथा ग्याँस, पानीको आपूर्ति र निर्माण क्षेत्र समावेश रहेको द्वितीय क्षेत्रको चालू आर्थिक वर्षमा १०.२९ प्रतिशतको वृद्धि रहने अनुमान छ ।

“खासगरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत आर्थिक वर्षको अन्त्यदेखि विद्युत उत्पादन शुरू, निर्माण कार्यमा वृद्धि तथा औद्योगिक उत्पादनमा वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदरमा सकारात्मक प्रभाव पारेको पाइन्छ,” विभागले भनेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी गत असारमा उदघाटन भए पनि चालू आवबाटै पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रले १३.७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह