Logo

अर्थनीति

पूर्व–पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि एडीबीको २० अर्ब ऋण


appharu
   १८ आश्विन २०७५, बिहिबार


काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले पूर्व पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नतिका लागि २० अर्ब रुपैयाँभन्दा बढी ऋण सहयोग प्रदान गर्ने भएको छ ।

एडीबीको सञ्चालक समितिले १८० मिलियन अमेरिकी डलर (करिब २० अर्ब नेपाली रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको काठमाडौंस्थित एडीबी कार्यालयले जनाएको छ ।

नेपालको आन्तरिक तथा वाह्य व्यापारिक रुट जसलाई महेन्द्र राजमार्गका नामले चिनिन्छ, उक्त सडकको स्तरोन्नतिका लागि यो ऋण स्वीकृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा एडीबीले भनेको छ– नेपालको एकदमै व्यस्त यस सडकको खराब अवस्थाका कारण स्तरोन्नति जरुरी छ । एडीबीका ट्रान्सपोर्ट विज्ञ जोन जर्जेटले खराब अवस्थाका कारण भेहिकलहरु सुस्त गतिमा चलिरहेको तथा नेपालको समग्र यातायात प्रणालीमै सुधारको आवश्यकता महशुस गर्दै वाह्य कनेक्टिभिटी तथा व्यापार सहजीकरणका लागि यो सहयोग प्रदान गर्ने निर्णय गरिएको हो ।

एडीबीको अध्ययनअनुसार यस राजमार्गमा प्रतिदिन ८ हजार ६ सय सवारी साधन गुड्ने गर्दछन् भने सन् २०३३ सम्ममा २५ हजार ४ सय पुग्ने अनुमान गरिएको छ ।

एडीबीको सहयोगमा कन्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर सडक ४ लेनको हुनेछ भने यसमा रोड सेफ्टीका लागिसमेत केही रकम खर्चिनेछ ।
१ हजार २७ किलोमिटर रहेको महेन्द्र राजमार्गभर रोड सेफ्टीका कार्यक्रममा एडीबीले सहयोग गर्नेछ ।

प्रकाशित : १८ आश्विन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह