अर्थमन्त्री जनार्दन शर्माले उद्योग क्षेत्रमा देखिएका समस्याहरू बुँदागतरूपमा उपलब्ध गराउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल सम्बन्धी कार्यक्रममा बोल्दै उनले समेट्न मिल्नेजति सुविधा बजेटमा समेटिने जनाउँदै उद्योग क्षेत्रमा देखिएका समस्याहरु बुँदागत रुपमा उपलब्ध गराउन आग्रह गरेका हुन् ।
‘देशमा उत्पादन बढाउन चाहिने वातावरण बनाउन सरकार तयार छ,’ शर्माले भने, ‘उद्योगका समस्याहरू बुँदागतरूपमा उपलब्ध गराउनुहोस् । समेट्न मिल्नेजति सुविधा बजेटमा समेटिन्छ ।’
यस्तै, व्यापारघाटा घटाउन सरकार तयार रहेको जनाउँदै उनले भने ,’देशमा आत्मानिर्भर र ब्यापारघाटा घटाउन हामी तयार छौं। हाम्रो कुन कुन उद्योगमा कच्चा पदार्थमा कर लाग्दा असर गर्यो भन्ने ठ्याक्कै भन्नुहोस । राष्ट्र निर्माण र देश विकासका लागि आम व्यवसायी र जनताको सहभगिताका आधारमा प्रविधि जोडेर गर्ने विकासको आवश्यकता हामीलाई छु, ‘ ।
प्रतिक्रिया