Logo

Sub-banner

सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   २० बैशाख २०७९, मंगलबार


सिक्लेस हाइड्रोपावरले जेठ १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट १०.५२६५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव छ ।

सभा आभ्या क्लब घारीपाटक पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

यता, कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि २० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह