Logo

सेयर बजार

जलविद्युत विकास कम्पनीको नगद लाभांश लिन डिम्याट अनिवार्य


appharu
   ११ बैशाख २०७५, मंगलबार


काठमाडौं, ११ वैशाख । जलविद्युत लगानी तथा विकास कम्पनीले शेयरधनीहरलाई शेयर अभौतिकीकरण (डिम्याट) गर्न आह्वन गरेको छ ।

कम्पनीले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई अभौतिकीकरण गर्न आह्वन गरेको हो । कम्पनीले डिम्याट खातामा बैङ्क खाता अद्यावधिक गरिएका शेयरधनीको हकमा नगद लाभांश सोझै बैङ्क खातामा पठाएको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीमा ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता साधारण सेयर रहेको छ। कुल १० अर्ब रुपैयाँ कम्पनीको चुक्ता पुँजी रहेको छ।

यो कम्पनीले विभिन्न जलविद्युत कम्पनीहरुलाई वित्तीय सहयोग उपलव्ध गराउँछ। वित्तीय कारणले अघि बढ्न नसकेका जलविद्युत आयोजनाहरुलाई अघि बढाउने उद्देश्यले सरकारी स्वामित्वमा यो कम्पनी स्थापना गरिएको हो।

प्रकाशित : ११ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह