Logo

बैंक / बिमा /शेयर

अब शुक्रबार पनि सेयर बजार खुल्ने


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


अब जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिनादेखि देखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिएका हुन्।

उनले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई निर्देशन दिईसकेका जानकारी दिए।

सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोही निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दै आएको थियो।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह