Logo

अर्थनीति

अन्तर्राष्ट्रिय उडानका लागि कतार सकारात्मक: राजदूत डा.ढकाल


GDP नेपाल
   १३ बैशाख २०८१, बिहिबार


काठमाडौं । नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सफल सम्पन्न भएको जानकारी गराएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकारको सम्मेलनको आयोजना गरी उनले बैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको जानकारी गराएका हुन् ।

उनले भने,‘नेपालका सम्माननीय राष्ट्रपति महोदयको निमन्त्रणामा यही २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको छ ।’

नेपाल भ्रमणका लागि प्रस्ताव गर्न आफूले दुई बर्षको अन्तरालमा पाँच पटकसम्म राजालाई भेटेको र भ्रमणको मिति तयर गरेको राजदूत डा.ढकालले बताए । ‘भ्रमण पश्चात कतारलाई विकास साझेदार मित्र राष्ट्रका रुपमा अगाडि बढाउनका लागि मैंले आगामी दुई बर्षलाई अवसर र चुनौतीको रुपमा लिएको छु । र मलाई विश्वास छ, नेपालका तर्फबाट गरिएका अपेक्षाहरु अधिकांश मेरै कार्यकालमा पुरा गराउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।

त्यस्तै पत्रकार सम्मेलनमा श्रम सम्बन्धी सम्झौतामा घरेलु कामदार र समय सापेक्ष कामदारका सेवा सुविधाहरु परिवर्तनका विषयमा छलफल जारी रहेको, लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कतार एयरलाइन्सको उडान गर्नका लागि अनुरोध गरिएको र त्यसलाई कतारले सकारात्मक रुपमा लिएको जानकारी गराइयो ।

भ्रमणका अवसरमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र कतार सरकार तथा कतार च्याम्बरका बिचमा एकआपसमा सहयोग आदान प्रदान गर्ने गरी आठवटा समझदारी तथा सम्झौता भएको पनि उनले जानकारी गराएका छन् ।

समझदारी तथा सम्झौता निम्न अनुसार छन् :

१.संस्कृति तथा कला
२. शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान
३.युवा तथा खेलकुद
४.नेपालको महान्यायाधिवक्ता र कतारको सरकारी अभियोजन (कसैको उपर फौजदारी मामिला चलाउने काम) बिच समझदारी
५.कुटनीति तालिम तथा शिक्षा
६.राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सी बिच समाचार आदान प्रदानको सम्झौता
७.नेपाल उद्योग वाणिज्य महासंघ र कतार च्याम्बर लगानी सम्बन्धि पुनः समझदारी
८.नेपाल उद्योग वाणिज्य महासंघ र जोइन्ट विजनेश काउन्सिल कतार समझदारी ।

 

प्रकाशित : १३ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह