Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटलदेखि अस्पतालसम्म ४५ प्रतिशतसम्मको विशेष छुट


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्म छुट दिने भएको छ ।

बैंकले देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग आफ्ना ग्राहकलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट Purple Haze Restro and Garden, एयरपोटचोक, विराटनगरमा १५%,Mitho Restaurant and Thakali Kitchen, वित्र्तामोडमा १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १०%,Meeting Point Restaurant & Bar, वित्र्तामोडमा ५%, Hotel Earth Light Pvt. Ltd, सौरहा, चितवनमा २०%, Chicken Station, इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd, इमाडोलमा १५% को छुट पाउनेछन् ।

यस्तै, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत Medicity Pharmacy, वित्र्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd, जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd, इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% , जिम/फिटनेस सेन्टर अन्तर्गत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । विस्तृत विवरण बैंकको वेवसाइट (www.bok.com.np) मा उपलब्ध रहेको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह